एउटा जापानि पर्यटक ट्याक्सीमा चडेर एअरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई स...ाह्रै झ्याउ लागेछ । एअरपोर्ट पुगेपछी मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन नेपाल्, वेरी फास्ट ।
एक दिन एउटा भर्खरै नेपाली सिक्दै गरेका विदेशीलाई "ढुङ्गा" शब्दको अर्थ थाहा पाउन मन लागेछ । नेपाली अङ्ग्रेजी शब्दकोष को जवाफ चित्त नबुझेर उनले गुगल गर्ने विचार गरेछन् ।