Friday, June 14, 2013

डाक साब म गितार बजाउन सक्छु?

भर्खरै औँलाको शल्यक्रिया गरेको मानेले डाक्टेलाई सोधे छ:

डाक साब म गितार बजाउन सक्छु?

डाक साब ले भनेछन् "एस अफ कोर्स। अब तपाईँको औँला नर्मल भइसके।"

"होइन होला!"
"हो हो"

"शल्यक्रिया अघि सम्म गितार त ठ्याम्मै बजाउन आउँदैनथो मलाई। तपाईँले भनि हाल्नु भयो म बजाएर हेरौँला।"

Thursday, May 30, 2013

तेसैले घडी लगाउने बानी गरौ

बुढो मान्छे सँग बुवा कती बज्यो भनेर सोध्यछ !
बुढो :- हेर बाबु म तिमीलाई समय त बताइदिने थिए तर
समस्या छ समय बताउन
केटा : के समस्या ?
बुढो "- आज म तिमीलाई समय बताए भने
दैब सन्जोग फेरी हाम्रो भेट
होला कही कतै अनी तिमीले
ओह
हो त्यो तो मलाई समय
बताइदिने मान्छे
हो भनेर नजिक आएर
बोलाउला अनी परिचय
पनि होला हाम्रो एक
आपसमा ,
फेरी कुनै
दिन
तिमी मेरो घरको बाटो कतै
हिडौला अनी मेरो याद
आउँला ओ
हो त्यो मान्छेको घर त
यही टोलमा हो भनेर घर सम्म
पनि आउँला , अब घर
आएको मान्छे लाई
चिया पानी पनि सोध्नु नै
पर्यो ,मेरो छोरीले
चिया ,पानी लिएर
आउली , तिमीहरु
बिच्मा पनि परिचय
होला ! तिमी पनि जवान
केटा मेरो छोरी पनि जवान
केटी एक
आपस्मा सम्बन्ध बढ्दै
जाला दिन दिनै
फोनमा कुरा पनि होला ,
माया प्रेम
होला र तिमीले
मेरो छोरीको हात
माग्न
मेरो घर पनि आउँला तर ????
केटो : तर के ?
बुढो :- तर
यो जवानामा एउटा हातमा घडी पनि नहुने
तिमी जस्तो कङगाल केटोलाई

छोरी दिन्न तेसैले समय
पनि मैले
बताउदिन
("तेसैले घडी लगाउने
बानी गरौ , सधै
अरुको हातको घडीमा निर्भर
नपरौ " )

Monday, May 27, 2013

ल चटपटे बनाउ त!

तीन जना प्लस टु पढ्दै गरेका साथीहरु चटपटे खान गएछन्।

राम: भैया त्यो खुर्सानी न राख है
श्याम: मलाई त्यो अमिलो नराख
हरि: मलाई चाहीँ प्याज नहाल्ने!

चटपटे वालाले एक छिन सोचे छ। रामको हातमा एउटा खालि कागज थमाउँदै भनेछ:

ल लिनुस् खुर्सानी, अमिलो, प्याज नहालेको चटपटे। मात्र २० रुपैया

Tuesday, May 14, 2013

बैँक लुटी सकेर ....

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजे


छक्यासियर : बैँक त लुटेए सक्यौ 



अब मलाई किन साथै लान लागेको ?



लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

Monday, May 13, 2013

कम गाह्रो छ हामीलाई!

शेरेले एकदिन बुढिलाई बोलायो ।
एक पेक


रक्सी बनायो र बुढिलाई यो पिइ
भन्यो ।


बुढिले अलिकति मुखमा हालि र मुख
बिगार्दै भनि, 'छि छि के हो यस्तो ।
कस्तो नमिठो ।'


तब शेरेले भन्यो, 'देखिस् ।
तेरो बुढोले


कति न मिठो मिठो खार आउँछ भन्ने
सोचेको थिस् नि ।
कम गाह्रो छ हामीलाई ..

Sunday, April 28, 2013

छोराले नदेख्ने ठाउमा कसरी पैसा लुकाउने ?



बुढो: छोराले जहाँ राखे नि  पैसा चोरेर हैरान गरायो कहाँ राख्ने होला ?

बुढीः त्यसो भए त्यसको किताबको विचमा राखौ एक बर्षलाइ ढुक्क हुन्छ ।

बृढो:  किन बुढी ?

बृढीः परिक्षा नआउन्जेल छोराले किताब नै छुदैन क्या । :D

Wednesday, April 24, 2013

तिमी कति के जी?

एक जना स्कूले केटो सार्है दुब्लो देखेर मैले सोधेँ। बाबु तिमी कति के जी?

उसले भन्यो : यो वैशाख देखि यू के जी।

Tuesday, April 16, 2013

पाइन्ट खसेको यत्रो आवाज


ठुलो आवाज गरेर केही सामान खसेको सुनेर म कौसी माथि गएँ।

 "के भयो? को लड्यो?"

"केही होइन, एउटा पाइन्ट खसेछ" भाइले भन्यो।
"अनि एउटा पाइन्ट खसेको यत्रो आवाज?"

"होइन क्या पाइन्ट भित्र म पनि थिएँ।"

Monday, April 15, 2013

स्पेनी भाषीलाई बेसार कहिल्यै नमाग्नू !


भर्खरै नेपाली सिक्दै गरेको एउटा कोलोम्बियाली साथीलाई नेपाली खाना पकाउन सिकाउँदै थिएँ। दाल पकाउने पालो आयो। ओ दाइ त्यो बेसार देऊ त भनेको त मलाई नै खाउँला जस्तो गरेर हेर्छ बा! "किन रसाएको जाबो बेसार भन्दैमा?" पछि पो थाहा पाएँ बेसार भनेको त स्पेनी भाषामा 'चुम्बन्' भन्ने पो अर्थ लाग्दो रहेछ :पि

Sunday, April 14, 2013

फेरि युरोप जान मन लाग्यो


बिहान बिहान एउटा साथीले फोन गरेर भन्यो, "यार मलाई त फेरि युरोप जान मन लाग्यो।" मैले सोधेँ, "पहिले कहिले गएको थिस् र मलाई त केही ल्याइ दिनस् ?" "हाहा पहिले पनि जान मन लाग्याथ्यो अहिले पनि जान मन लाग्यो पो भनेको त!"

Saturday, April 13, 2013

गूगल भन्छ नेपालीलाई चाहीँ मोटाउनेकै चिन्ता

संसार भरका मानिसलाई कसरी तौल घटाऊँ भै रा'छ। हाम्रो नेपालमा चाहिँ..



बाबा म ठुलो भएर तपाईँ जस्तै बन्छु!


छोरा: बाबा बाबा म ठूलो भएर तपाईँ जस्तै बन्छु है बाबु (जुँगा मुसार्दै) : हुन्छ हुन्छ। म जत्तिकै सफल र धनी बन्नू। छोरा: छ्या बाबा पनि! मैले त ठूलो भएर म जस्तै बुद्धिमान छोरा पाउन मन लागेर पो भनेको त :पि

खालि म:म: खाने भन्छ!


छोरा : आज नयाँ वर्ष २०७० को उपलक्ष्यमा फ्रोजन म:म: ल्याएर खाउँ न है ममी आमा: नाई, पैसा छैन छोरा: नाईँ के खाऊँ खाऊँ आमा : के गर्ने होला यो छोरोलाई खालि म:म: खाने मात्र भन्छ छोरा : हाहा खालि म:म: त मिठो हुन्न। भित्र मासु हालेसि मात्र स्वादिलो हुन्छ । :डी

Saturday, October 3, 2009

नेपाल को शिक्षा

उहिलेको कुरो हो, डिएगो म्याराडोना नाम गरेका एक अर्जेन्टिनी नेपाल आएका थिए। उनी अध्यनका लागि त्रि वि मा भर्ना भएछन्। नेपालको एक किताबमा उनले " फुटबल खेलमा हातले पनि गोल हान्न मिल्छ" भनेर पढेछन् । प्रोफसरसँग प्रश्न गर्दा, प्रोफेसरले भनेछन् " सैद्दान्तिक रुपमा त्यसि गर्न मिल्छ तर हाम्रो ल्याबमा सम्भव छैन!"

Friday, September 18, 2009

'चोखो माया कहिले पनि मर्दैन '

समाजले आफ्नो प्रेम नस्विकारेपछी दुइ प्रेमी अत्महत्या गर्न एउटा अग्लो डाँडा उक्लेछन र केटो हाम फलेछ । त्यो देखेर केटिले भनिछ 'माया साच्चै अन्धो हुन्छ' । यती भनेर केटी हाम नफाली फर्किछ । उता केटो पनि प्यारासुट खोलेछ र भनेछ, 'चोखो माया कहिले पनि मर्दैन ।'

Thursday, September 17, 2009

वंशाणुगत गुण

बेलायति बैज्ञानीकहरुका अनुसार मृत्यु पनि बंशाणुगत हुन्छ रे । यो संसारमा ति मानिसहरुको मात्रै मृत्यु हुन्छ जसका पुर्खाहरु पनि मरेका थिए।

Saturday, September 12, 2009

भुडी लाग्यो

 श्रीमान श्रीमतिसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न । श्रीमान्: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । श्रीमति: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त । श्रीमान्: ल, म पनि त बाउ बन्दैछु नि!