Saturday, October 3, 2009
नेपाल को शिक्षा
उहिलेको कुरो हो, डिएगो म्याराडोना नाम गरेका एक अर्जेन्टिनी नेपाल आएका थिए। उनी अध्यनका लागि त्रि वि मा भर्ना भएछन्। नेपालको एक किताबमा उनले " फुटबल खेलमा हातले पनि गोल हान्न मिल्छ" भनेर पढेछन् । प्रोफसरसँग प्रश्न गर्दा, प्रोफेसरले भनेछन् " सैद्दान्तिक रुपमा त्यसि गर्न मिल्छ तर हाम्रो ल्याबमा सम्भव छैन!"
Friday, September 18, 2009
'चोखो माया कहिले पनि मर्दैन '
समाजले आफ्नो प्रेम नस्विकारेपछी दुइ प्रेमी अत्महत्या गर्न एउटा अग्लो डाँडा उक्लेछन र केटो हाम फलेछ । त्यो देखेर केटिले भनिछ 'माया साच्चै अन्धो हुन्छ' । यती भनेर केटी हाम नफाली फर्किछ । उता केटो पनि प्यारासुट खोलेछ र भनेछ, 'चोखो माया कहिले पनि मर्दैन ।'
Thursday, September 17, 2009
वंशाणुगत गुण
बेलायति बैज्ञानीकहरुका अनुसार मृत्यु पनि बंशाणुगत हुन्छ रे । यो संसारमा ति मानिसहरुको मात्रै मृत्यु हुन्छ जसका पुर्खाहरु पनि मरेका थिए।
Saturday, September 12, 2009
भुडी लाग्यो
श्रीमान श्रीमतिसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न । श्रीमान्: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । श्रीमति: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त । श्रीमान्: ल, म पनि त बाउ बन्दैछु नि!
Thursday, September 10, 2009
कस्तो कन्जुस!
एक जना कन्जुस व्यापारीको घरमा आगो लागेछ । बुढीले लौ न केही गर्नोस् न भनेर कचकच गरेपछि मन नलागी नलागी हिजो मात्र रिचार्ज गरेको प्रिपेडमिबाइलबाट उसले दमकल अड्डमा मिस कल दिएछ!
Wednesday, September 9, 2009
कवि गोष्ठी
एउटा कवि महासय पुगेछन् कवि गोष्ठीमा।
तर उनलाई पर्यवेक्षकको रुपमा मात्र बिलाइएको रहेछ। तर माइक समातेर बस्ने महानुभावले झ्वाट्ट उनको नाम बोलाएपछि पो उनलाई थाहा भयो कि उनले कविता प्रस्तुत गन्रु पर्नेछ भनेर।
तर उनीसँग नया कविता नै थिएन। बडो गम्भिर भएर एक छिन सोचे पछि उनि स्टेजमा गए। माइक हातमा लिएर एक छिन चुपचाप उभिए। दर्शकहरु आफ्नो कान ठाडि पारेर सुनिराहेका थिए।
"मेरो कविताको शिर्षक थियो : मौनता!"
दर्शकहरुले बेजोडका साथ तालि पड्काएछन्।
तर उनलाई पर्यवेक्षकको रुपमा मात्र बिलाइएको रहेछ। तर माइक समातेर बस्ने महानुभावले झ्वाट्ट उनको नाम बोलाएपछि पो उनलाई थाहा भयो कि उनले कविता प्रस्तुत गन्रु पर्नेछ भनेर।
तर उनीसँग नया कविता नै थिएन। बडो गम्भिर भएर एक छिन सोचे पछि उनि स्टेजमा गए। माइक हातमा लिएर एक छिन चुपचाप उभिए। दर्शकहरु आफ्नो कान ठाडि पारेर सुनिराहेका थिए।
"मेरो कविताको शिर्षक थियो : मौनता!"
दर्शकहरुले बेजोडका साथ तालि पड्काएछन्।
यस्तो पनि काम?
संसारका दुई अचम्म लाग्दो काम :
१) मास्टर : आफूलाई आउने कुरा बारम्बार आफ्नो विद्यार्थीलाई सोधिरहन्छ
२) ड्राइभर : दिन भर अर्काको गाडी चलाउँछ, राति लुरुलुर हिँडेर घर जान्छ!
१) मास्टर : आफूलाई आउने कुरा बारम्बार आफ्नो विद्यार्थीलाई सोधिरहन्छ
२) ड्राइभर : दिन भर अर्काको गाडी चलाउँछ, राति लुरुलुर हिँडेर घर जान्छ!
गूगल प्रिथ्वी
गूगल प्रिथ्वी यानि कि गुगल अर्थ्। संसारको कुनै पनि ठाउँको नक्सा घर बसी बसी हेर्ने मिल्छ - गुगलको दाबि छ ।
म पेरिसको लुभ्र म्युजियममा घुम्दै थिएँ, त्यत्तिकै मा मेरो फुच्चे भाइ हस्याङ् फस्याङ् गर्दै आयो ।
"कोठा को साँचो हरायो,"
"यतै कतै पर्यो होला", मैले भनेँ।
"गुगल अर्थ् खोलेर पत्ता लगाउन परो"।
म पेरिसको लुभ्र म्युजियममा घुम्दै थिएँ, त्यत्तिकै मा मेरो फुच्चे भाइ हस्याङ् फस्याङ् गर्दै आयो ।
"कोठा को साँचो हरायो,"
"यतै कतै पर्यो होला", मैले भनेँ।
"गुगल अर्थ् खोलेर पत्ता लगाउन परो"।
Friday, August 28, 2009
गुगललाई गुगल गरे के होला?
मैले एउटा टि भी कार्यक्रममा सुनेको थिएँ : यदि "गुगल" लाई गुगल गरियो भने कम्प्युटर बिग्रिन्छ भनेर!
के नै होला त ! भनरे गरि हेरेको त कम्प्युटर ने झ्याप्प बन्द भयो! ल परेन बित्यास्? एसो घडी हेरेको त
बजेको रहेछ पाँच।
गुगल होइन विद्युत् प्राधिकारणको पो कारण त्यसो भएको रहेछ ।
तपाईँ पनि एक पल्ट गरि हेर्नोस् त, के पो हुँदो रहेछ !!
मेड इन नेपाल
एउटा जापानि पर्यटक ट्याक्सीमा चडेर एअरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई स...ाह्रै झ्याउ लागेछ । एअरपोर्ट पुगेपछी मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन नेपाल्, वेरी फास्ट ।
गुगलको चमत्कार
एक दिन एउटा भर्खरै नेपाली सिक्दै गरेका विदेशीलाई "ढुङ्गा" शब्दको अर्थ थाहा पाउन मन लागेछ । नेपाली अङ्ग्रेजी शब्दकोष को जवाफ चित्त नबुझेर उनले गुगल गर्ने विचार गरेछन् ।
"ढुङ्गा"
भनेर इन्टर के हानेका थिए, उनी चकित भए
गुगलले भन्यो : "डिड यू मिन देउता?"
Subscribe to:
Posts (Atom)