Friday, September 18, 2009

'चोखो माया कहिले पनि मर्दैन '

समाजले आफ्नो प्रेम नस्विकारेपछी दुइ प्रेमी अत्महत्या गर्न एउटा अग्लो डाँडा उक्लेछन र केटो हाम फलेछ । त्यो देखेर केटिले भनिछ 'माया साच्चै अन्धो हुन्छ' । यती भनेर केटी हाम नफाली फर्किछ । उता केटो पनि प्यारासुट खोलेछ र भनेछ, 'चोखो माया कहिले पनि मर्दैन ।'

Thursday, September 17, 2009

वंशाणुगत गुण

बेलायति बैज्ञानीकहरुका अनुसार मृत्यु पनि बंशाणुगत हुन्छ रे । यो संसारमा ति मानिसहरुको मात्रै मृत्यु हुन्छ जसका पुर्खाहरु पनि मरेका थिए।

Saturday, September 12, 2009

भुडी लाग्यो

 श्रीमान श्रीमतिसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न । श्रीमान्: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । श्रीमति: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त । श्रीमान्: ल, म पनि त बाउ बन्दैछु नि!

Thursday, September 10, 2009

कस्तो कन्जुस!

एक जना कन्जुस व्यापारीको घरमा आगो लागेछ । बुढीले लौ न केही गर्नोस् न भनेर कचकच गरेपछि मन नलागी नलागी हिजो मात्र रिचार्ज गरेको प्रिपेडमिबाइलबाट उसले दमकल अड्डमा मिस कल दिएछ!

Wednesday, September 9, 2009

कवि गोष्ठी

एउटा कवि महासय पुगेछन् कवि गोष्ठीमा।
तर उनलाई पर्यवेक्षकको रुपमा मात्र बिलाइएको रहेछ। तर माइक समातेर बस्ने महानुभावले झ्वाट्ट उनको नाम बोलाएपछि पो उनलाई थाहा भयो कि उनले कविता प्रस्तुत गन्रु पर्नेछ भनेर।
तर उनीसँग नया कविता नै थिएन। बडो गम्भिर भएर एक छिन सोचे पछि उनि स्टेजमा गए। माइक हातमा लिएर एक छिन चुपचाप उभिए। दर्शकहरु आफ्नो कान ठाडि पारेर सुनिराहेका थिए।

"मेरो कविताको शिर्षक थियो : मौनता!"

दर्शकहरुले बेजोडका साथ तालि पड्काएछन्।

यस्तो पनि काम?

संसारका दुई अचम्म लाग्दो काम :
१) मास्टर : आफूलाई आउने कुरा बारम्बार आफ्नो विद्यार्थीलाई सोधिरहन्छ
२) ड्राइभर : दिन भर अर्काको गाडी चलाउँछ, राति लुरुलुर हिँडेर घर जान्छ!

गूगल प्रिथ्वी

गूगल प्रिथ्वी यानि कि गुगल अर्थ्। संसारको कुनै पनि ठाउँको नक्सा घर बसी बसी हेर्ने मिल्छ - गुगलको दाबि छ ।
म पेरिसको लुभ्र म्युजियममा घुम्दै थिएँ, त्यत्तिकै मा मेरो फुच्चे भाइ हस्याङ् फस्याङ् गर्दै आयो ।
"कोठा को साँचो हरायो,"
"यतै कतै पर्यो होला", मैले भनेँ।

"गुगल अर्थ् खोलेर पत्ता लगाउन परो"।