बुढो: छोराले जहाँ राखे नि पैसा चोरेर हैरान गरायो कहाँ राख्ने होला ? बुढीः त्यसो भए त्यसको किताबको विचमा राखौ एक बर्षलाइ ढुक्क हुन्छ । बृढो: किन बुढी ? बृढीः परिक्षा नआउन्जेल छोराले किताब नै छुदैन क्या । :D
भर्खरै नेपाली सिक्दै गरेको एउटा कोलोम्बियाली साथीलाई नेपाली खाना पकाउन सिकाउँदै थिएँ। दाल पकाउने पालो आयो।
ओ दाइ त्यो बेसार देऊ त भनेको त मलाई नै खाउँला जस्तो गरेर हेर्छ बा!
"किन रसाएको जाबो बेसार भन्दैमा?"
पछि पो थाहा पाएँ बेसार भनेको त स्पेनी भाषामा 'चुम्बन्' भन्ने पो अर्थ लाग्दो रहेछ :पि
बिहान बिहान एउटा साथीले फोन गरेर भन्यो, "यार मलाई त फेरि युरोप जान मन लाग्यो।"
मैले सोधेँ, "पहिले कहिले गएको थिस् र मलाई त केही ल्याइ दिनस् ?"
"हाहा पहिले पनि जान मन लाग्याथ्यो अहिले पनि जान मन लाग्यो पो भनेको त!"
छोरा: बाबा बाबा म ठूलो भएर तपाईँ जस्तै बन्छु है
बाबु (जुँगा मुसार्दै) : हुन्छ हुन्छ। म जत्तिकै सफल र धनी बन्नू।
छोरा: छ्या बाबा पनि! मैले त ठूलो भएर म जस्तै बुद्धिमान छोरा पाउन मन लागेर पो भनेको त :पि
छोरा : आज नयाँ वर्ष २०७० को उपलक्ष्यमा फ्रोजन म:म: ल्याएर खाउँ न है ममी
आमा: नाई, पैसा छैन
छोरा: नाईँ के खाऊँ खाऊँ
आमा : के गर्ने होला यो छोरोलाई खालि म:म: खाने मात्र भन्छ
छोरा : हाहा खालि म:म: त मिठो हुन्न। भित्र मासु हालेसि मात्र स्वादिलो हुन्छ । :डी